भक्तपुरको सल्लाघारीस्थित रहेको यस डा. इवामुरा अस्पतालले नेपाली महिलाको सम्मानमा ‘हरियो चुरा प्याकेज’ ल्याएको छ। यसअर्न्तगत स्त्री विशेषज्ञद्वारा चेकजाँच र भिडियो एक्सरेमा ५० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
अस्पतालका बजार व्यवस्थापकका अनुसार ‘२०२० गाइनो क्याम्प ३६५’ मा नाम टिपाइसकेका महिलाका लागि निःशुल्क स्त्री विशेषज्ञद्वारा जाँच गराइने छ।
डा. इवामुरा अस्पतालमा अनलाइन ओपिडी सेवा र अनलाइन ल्याब रिपोर्ट डेलिभरी सञ्चालनमा आइरहेको छ।
समाजमा अझै पनि रोग लुकाउने चलन रहेको र सामान्य रूपमा जाँच गराउँदा निको हुने खालको कतिपय रोग विकराल रूप लिएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको कुरालाई मध्यनजर गर्दै सम्पूर्ण महिलाको स्वास्थ्यप्रति ख्याल गर्दै अस्पतालले साउन महिना समर्पित गरेको हो।
महिला परिवारको एक अभिन्न अंग हो। नारीहरू आमा, छोरी, बुहारी, सासु, श्रीमती इत्यादिको रूपमा रहेको हुन्छ। नारीले परिवारलाई स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
स्वस्थ नारीको परिकल्पनाबाट मात्र स्वस्थ परिवार बन्छ र स्वस्थ परिवारले नै स्वस्थ समाज बन्छ। अस्पतालले यही अवस्था मध्यजर गरी स्किम ल्याएको हो।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७