सामुदायिक विद्यालय अभिभावक संघको तेस्रो केन्द्रीय समिति बैठकले कोरोना महामारीले नेपालको शैक्षिक क्षेत्रमा पारेको असरबारे छलफल गरेको छ।
कात्तिक २९ मा बसेको बैठकले दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुका साथै कोरोनाले शैक्षिक क्षेत्रमा पारेको असरबारे चिन्तन गरेको हो।
सामुदायिक विद्यालय, संस्थागत विद्यालय, बालगृह, प्रविधिक विद्यालयसमेतमा सकारात्मक परिस्थिति कायम गर्न अनुगमन तथा निरीक्षण गर्ने वैधानिक व्यवस्था मिलाएको संघका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए। संघमा विभिन्न विचारधाराका भिन्नाभिन्नै क्षेत्रका व्यक्ति छन्।
न्यौपानेका अनुसार फरक राजनीतिक विचारधाराका सामाजिक व्यक्ति, कानुन व्यवसायी, शिक्षा क्षेत्रमा याेगदान गरिरहेकाहरू, प्राध्यापक, बुद्धिजीवि, साहित्यकार, विशेषज्ञ, पूर्वप्रधानाध्यापकहरू, वरिष्ठ पत्रकारहरू, स्वास्थ्यकर्मी, पूर्वमेयरदेखि वर्तमान मेयरसम्म र जनप्रतिनिधि सम्मिलित संघको समिति छ।
न्यौपानेले समितिका केन्द्रीय उपाध्यक्षहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको बताए। प्रदेश सहइन्चार्जको जिम्मेवारीमा उपमहासचिवहरू रहने भन्ने विधानमै व्यवस्था गरिएको छ।
संघले स्थापनाकालदेखि नै अभिभावक, विद्यार्थी र शिक्षकका पक्षमा आवाज उठाउँदै आएको छ।
बैठकले दुईजनालाई सल्लाहकार मनोनित गरेको छ। राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माइला) र नेपाल टेलिकमका पूर्वमहाप्रबन्धक एवं नेपाल-चीन कार्यकारी परिषदका अध्यक्ष, चिनियाँ भाषाविज्ञ अनुपरञ्जन भट्टराईलाई सल्लाहकारमा नियुक्त गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए।
यस्तो छ केन्द्रीय समिति
१. अध्यक्ष : रामप्रसाद न्यौपाने- (भक्तपुर), सम्पादक, अनौठो यात्रा
२. सहअध्यक्ष : रघुनाथ महजर्न- (ललितपुर), समाजसेवी
३. उपाध्यक्ष महिला : सीता सुवेदी (गुल्मी), शिक्षासेवी तथा साहित्यकार
४. उपाध्यक्ष (खुलf) : विद्यादेवी चित्रकार (काठमाडाैं), पूर्वप्रधानाध्यापक
५. उपाध्यक्ष : रमेश पौडेल (झापा), अधिवक्ता
६. उपाध्यक्ष : नरेन्द्रराज सुवेदी (सर्लाही), पूर्वप्रधानाध्यापक
७. उपाध्यक्ष : रमेश पौड्याल (काभ्रे), पूर्वप्रधानाध्यापक
८. उपाध्यक्ष : होमनाथ शर्मा पौडेल, (कास्की), उपप्रधानाध्यापक
९. उपाध्यक्ष : राजेन्द्र कँडेल (रुपन्हन्देही), समाजसेवी तथा जनप्रतिनिधि
१०. उपाध्यक्ष : मनोहर लामिछाने (सल्यान), पूर्वनायब महाप्रबन्धक, जनक शिक्षा (हाल अधिवक्ता)
११. उपाध्यक्ष : मदनकृष्ण श्रेष्ठ (गठ्ठाघर), पूर्वमेयर मध्यपुर थिमि नगरपालिका, भक्तपुर
१२. महासचिव : बद्रीप्रसाद तिवारी (काभ्रे), वरिष्ठ पत्रकार
१३. कोषाध्यक्ष : कपिल बनेपाली (भक्तपुर), समाजसेवी
१४. उपमहासचिव (महिला) : इन्दिरा न्यौपाने (काठमाडौं), अधिवक्ता
१५. उपमहासचिव (खुला) : बासुदेव खड्का (समाजसेवी)
१६. उपमहासचिव : रविन्द्रप्रताप शाह (भक्तपुर), समाजसेवी
१७. उपमहासचिव : केशवप्रसाद दाहाल (सुनसरी), समाजसेवी
१८. उपमहासचिव : साधुराम चौलागाईं (मकवानपुर), समाजसेवी
१९. उपमहासचिव : नीलकृष्ण ताम्राकार (भक्तपुर), समाजसेवी तथा व्यवसायी
२०. उपमहासचिव : महेशकुमार चालिसे (ललितपुर), समाजसेवी
२१. उपमहासचिव : एस खनाल (भक्तपुर), वरिष्ठ पत्रकार
२२. उपमहासचिव : चीना शर्मा (सोलुखुम्बु), समाजसेवी
२३. सचिव : गुञ्जबहादुर श्रेष्ठ (रामेछाप), पूर्व प्रधानाध्यापक
सदस्यहरू
१. सुन्दरी खतिवडा (संखुवासभा), शिक्षासेवी
२. मछिद्रनाथ न्यौपाने (भोजपुर), पूर्वस्वास्थ्यकर्मी
३. कमला खतिवडा (झापा), स्वास्थ्यकर्मी
४. मञ्जु बराल (सर्लाही), समावसेवी
५. अञ्जु दाहाल (मोरङ), समाजसेवी
६. इन्दिरा लुइँटेल (स्याङ्जा), शिक्षासेवी
७. हरि न्यौपाने (पर्वत), समाजसेवी
८. देवकुमार नेपाली (मेयर), बाग्लुङ
९. धीरजबहादुर कायस्थ (सिन्धुपाल्चोक), पूर्वप्रधानाध्यापक
१०. योवनकुमार राना (रामेछाप), पूर्वप्रधानाध्यापक
११. डा. विनोद नेपाल (सिन्धुपाल्चोक), शिक्षाविद
१२. आनन्द पुरी (काठमाडौं), पूर्वप्रधानाध्यापक
१३. शशिकला सुवेदी (ललितपुर), समाजसेवी
१४. नवराज ढकाल (ललितपुर), समाजसेवी
१५. विमल कक्षपती (भक्तपुर), समाजसेवी
१६. अमरकान्त झा (सर्लाही), पूर्वकेन्द्रीय उपाध्यक्ष, नेराशी संगठन
१७. देवकी पोखरेल (काठमाडौं), समाजसेवी
१८. गोविन्द लिम्बु (इलाम), उपप्राध्यापक
१९. बाबुराम विश्वकर्मा (गोरखा), उपप्राध्यापक,
२०. राजबहादुर गिरी (बाजुरा), प्रबन्धक, केटिसी
२१. शंकरबहादुर गौतम (पोखरा), (भक्तपुर, काठमाडौं र कास्की, पूर्वजिशिअ)
२२. सगुनसुन्दर लावती (पाँचथर), समाजसेवी
२३. किशोरबहादुर कार्की (सर्लाही), समाजसेवी
२४. सावित्रा क्षेत्री (काठमाडौं), समाजसेवी
२५. शान्तिकुमारी बोहरा पुजारा (बझाङ), समाजसेवी
२६. दानसिंह सेजुवाल (कालिकोट), समाजसेवी
२७. नमराज न्यौपाने (बर्दिया), समाजसेवी
२८. गंगादेवी खनाल (बुटवल), समाजसेवी
२९. भूपति बस्याल (पाल्पा), शिक्षासेवी
३०. बसन्ती भण्डारी (डडेलधुरा), समाजसेवी
३१. वीरेन्द्र केसी (कालीकोट), समाजसेवी
३२. किफायटुल्लाहा खाँ (कपिलवस्तु), समाजसेवी
३३. राजेन्द्र पौडेल (पर्वत), शिक्षासेवी
३४. भीमप्रसाद अधिकारी (झापा), समाजसेवी
३५. धनपति महतो (सिरहा), समाजसेवी
३६. सूर्यद्वीप रेग्मी (सुर्खेत), समाजसेवी तथा सञ्चारकर्मी
३७. गीता केसी 'अन्जान' (कपिलवस्तु), समाजसेवी
३८. रामप्रकाश पुरी (रुकुम), समाजसेवी
३९. सूर्यबहादुर शााही (दैलेख), पूर्वजिविस उपसभापति
४०. रामप्रसाद श्रेष्ठ (नवलपरासी), पूर्वडिआइजी
४१. टीका भट्ट (कैलाली), समाजसेवी
४२. हरिप्रसाद आचार्य (बाँके), समाजसेवी
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७