सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन पुनः स्थगित गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन दोस्रो पटक स्थगन गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय भएको बताए।
त्यसअघि गत असोज २४ गते हुने भनिएको निर्वाचन कोरोना जोखिमलाई कारण देखाउँदै मंसिर २७ गतेलाई सारिएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७