शनिबार देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।
आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।
शनिबार देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७