नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक द्वन्द्वको राप दन्किँदो छ। कोभिड-१९ ले जनजीविका बेठेगान दिशामा गइरहेका बेला सत्तारुढ पार्टीभित्रको चरम अविश्वास र छिनाझप्टी उदाङ्गिनु उदेकलाग्दो छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक डाक्नेसम्मको लचकता देखाए, तर त्यसबाट आफूलाई केही फरक नपर्ने सन्देश हिजो बैठकमा अनुपस्थित भएर देखाए।
हरेक शीर्षनेताको कमजोरीमा खेल्नसक्छु भन्नेमा आेली अझै विश्वस्त छन्। उता पार्टी एकीकरणबाट राजनीतिक भविष्य र विरासत सुरक्षणको सपना देखेका प्रचण्डले ओली कमजोर पार्ने अस्त्रका रूपमा एमसिसीको मुद्धालाई खेलाइरहेको प्रष्ट छ।
यो लडाइँ कहाँ गएर टुंगिने प्रष्ट छैन। तर, यसबाट नेपाली जनताले बलियो बहुमत सरकारबाट पाउनुपर्ने लाभांश गुमाउने पक्का छ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७