प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘मिलिभगत’ मा संसद विघटन भएयता मुलुकको राजनीति गम्भीर मोडमा आइपुगेको छ।
सत्तारुढ नेकपाभित्रको भाँडभैलो अन्ततः पाँच वर्षे जनमत पाएको संसदमाथि प्रहार हुँदा संविधानको मर्म र भावनाको धज्जी उडेको छ।
तर, यो भाँडभैलोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि ‘मिलिभगत’ रहेको कांग्रेसकै नेताहरूको दाबी सही हो भने देउवा नेकपासँगै ‘सती’ गए भनेर बुझ्दा फरक पर्दैन।
यतिविघ्न ‘फोहोरी खेलमा’ कांग्रेस मिसिनु र कुर्सी लोभमा देउवाले ओलीलाई ‘साथ’ दिनु भनेको आमजनताले कांग्रेसलाई दिएको मतको अवमूल्यन हो।
देउवाले यसबारे मतदातालाई प्रष्ट शब्दमा भन्नुपर्छ। होइन भने यसको मोल कांग्रेसलाई असाध्यै महँगो पर्नेछ। देउवा र कांग्रेसले सोचुन्!
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७