आन्दोलनले तातिरहने माइतीघर मन्डलामा आज फरक खालको दृश्य देख्न सकिन्थ्यो।
आन्दोलननै भए पनि रुप परिवर्तित थियो। प्रतिगमनविरुद्ध वृहत्त नागरिक आन्दोन लेखिएको व्यानरमुनी नागरिक समाजका अगुवाहरूलाई देख्न सकिन्थ्यो।
प्रदिप देवानले गीत गायका थिए। आन्दोलनमा हिसिला यमी, नारायण वाग्ले, सञ्जीव उप्रेतिलगायतको सहभागीता रहेको थियो।
युग पाठकले लेखेको नाटक कलाकारहरूले व्याङ्ग्यात्मक प्रस्तुति पस्केका थिए। प्रदर्शनमा सहभागीहरूले खै मेरो संविधान लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए।
समाजका अगुवासहित माइतीघर मन्डला पुगेको टोलीले तानासाही मुर्दावाद, नागरिकलाई स्वतन्त्रा चाहियो, नागरिकलाई दु:ख नदेउलगायतका सम्बाद नाटकमा समेटेका थिए।
















प्रकाशित मिति: शनिबार, पुस १८, २०७७