यदि तपाई वैदेशिक रोजगारको क्रममा समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस। कोभिड–१९ को महामारीको क्रममा वैदेशिक रोजगारमा विश्वभर रहनुभएका (विशेषगरी खाडी मुलुक तथा मलेसिया) नेपालीहरूलाई गैरआवासीय नेपाली संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले निम्न अवस्थालाई सहयोग गर्दै आएको छ।
– तपाईंको विदेशमा जागिर गुमेको छ,
– खान बस्नको लागि समस्या छ,
– अलपत्रमा पर्नुभएको छ,
– स्वास्थ्यसम्बन्धी कुनै समस्या छ, मानसिक पीडामा हुनुहुन्छ, वा डाक्टरको आवश्यकता छ,
– भिसा सकिएर जरिवाना तिर्न सकिरहनुभएको छैन,
– नेपाल फर्कनलाई समस्या छ, जेल वा घरफिर्ती केन्द्रमा हवाई टिकट नभएर अलपत्र पर्नुभएको छ,
– रोजगारदाताले तलब नदिएकाले श्रमिक अदालतमा वा अन्य निकायमा निवेदन दिन चाहनुहुन्छ अथवा अन्य कुनै कानुनी समस्याहरू छन्,
– नेपाल आइपुगेपछि पनि घरसम्म पुग्ने कुनै व्यवस्था छैन,
हो, तपाईं बसेको देशमा नै रहेको गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय परिषद) मार्फत अथवा हामीलाई सिधा सम्पर्क गर्नुहोला, हामी तपार्इंहरूको समस्या सकेसम्म छिटो हल गर्नेछौं।
सम्पर्क : गैरआवासीय नेपाली संघ, बालुवाटार, काठमाडौं
डा. बद्री केसी, उपाध्यक्ष तथा संयोजक, वैदेशिक रोजगार तथा कल्याण्कारी विभाग
फोन : ७९२६५२२७१४८, इमेल : [email protected]
छविलाल लामिछाने : ९८०१८६११२६
संजई अधिकारी : ९८०१८६११२५
ज्ञानी चुनारा : ९८०१८६११२४
ईश्वर आचार्य : ९८०१८६११२१
व्यञ्जना भण्डारी : ९८०१८६११३०
राजेन्द्र राउत : ९८०१८६११२०
Email : [email protected]

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७