काठमाडौंमा सोमबार एकाबिहानै पानी पर्यो। पुसमा बिहान-बेलुका काठमाडौंमा जाडो बढिरहेका बेला पानी परेपछि जनजीवन झन प्रभावित बनेको छ।
सोमबार काठमाडौंको आकाश धुम्म रह्यो। पारिलो घाम लाग्न नपाउँदा आममान्छे न्यानोको जोहो गरिरहेथे। कतिपयले आगोलाई सहारा लिएको पाइयो।
पश्चिमी वायुमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि नेपालमा प्रभाव परेको छ। आइतबार पश्चिम नेपालका पहाडीसँगै केही तराईका भुभागमा पानी परेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारबाट मौसममा सुधार हुँदै जानेछ।










प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७