माघ १ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रको टाइटल गीत र पोस्टर सार्वजनिक गरिएको छ।
मंगलबार एक कार्यक्रमका बीच छायाँ सेन्टरमा गीत र पोस्टर सार्वजनिक गरिएको हो। नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्रको शीर्ष गीत ‘म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु’ सार्वजनिक गरिएको थियो।
गीतमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् भने संगीत वसन्त सापकोटाले दिएका छन्।
नायक श्रेष्ठले विश्वभर महामारीको रुपमा आएको कोरोनाको कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायांकन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरुले ठूलो प्रयास गर्नुपरेको बताए।
उनले नेपाली चलचित्र प्रदर्शन गरेर मनोरञ्जनको भ्याक्सिन दिन पाउँदा आफूलाई निकै सन्तोष लागेको बताउँदै प्रेम कहानीमा राम्रो फिल्म बनेको बताए।
चलचित्रमा नायक शिव श्रेष्ठ, नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धारा भुसाल, आङतेम्वा शेर्पा, मिथिला शर्मालगायतका कलाकारको भूमिका रहेको छ।
यसै चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गरेका छन्।
चलचित्रको निर्देशन दीपेश सापकोटाले गरेका हुन्। फिसटेल मुभिजको ब्यानरमा चलचित्र बनेको हो।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७