भक्तपुरमा बुधबार घरको रेलिङ बनाउने क्रममा खसेर एकजनाको मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय ईश्वर कार्कीको रेलिङबाट खसेर मृत्यु भएको हो।
सुर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटमा गोविन्द राजकनिकारको साढे २ तलाको पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा खसेर गम्भीर घाइते भएका कार्कीको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दिपक गिरी तत्कालै स्थानीयको सहयोगमा उपचारका लागि अस्पताल लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७