नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै देशभर कूल संक्रमित संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ।
यस्तै सोही अवधिमा थप ५ सय २७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना मुक्त हुनेको कूल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ।
हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्टामा थप १० जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको कूल संख्या १ हजार ९ सय २७ पुगेको छ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७