भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली बाबु बनेका छन्। सोमबार उनकी पत्नी तथा अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन्।
मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उनीहरुको पहिलो सन्तानले जन्म लिएको हो। कोहली र अनुष्काले पहिलो सन्तानलाई जन्म दिएपछि सामाजिक सञ्जालमा उनीहरुलाई सामर्थक तथा फ्यानहरुले बधाई दिइरहेका छन्।
डेलिभरी मिति नजिक आएपछि कोहली अष्ट्रेलियविरुद्धको टेस्ट सिरिज बीचमै छोडेर भारत फर्किएका थिए।
कोहलीमात्रै होइन भारतका अधिकांश क्रिकेट खेलाडीहरुले सुरुमा छोरीका नै पिता बनेका छन्। जसमा रविन्द्र जडेजा, पूर्वकप्तान महेन्द्रसिंह धोनी, सुरेस रैना, रविचन्द्रन आश्विन, हरभजन सिंह, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिन्क्या रहाणेलगायत छन्।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७