झापामा आज बिहानैबाट मौसममा सुधार आउन सकेको छैन। बिहानैदेखि लागेको हुस्सु अहिले पनि हटेको छैन। दिउँसो २ बजेसम्म घाम देख्न सकिएको छैन।
हुस्सुका कारण जनजीवनमा कष्टकर बनेको छ। दिउँसै सवारीसाधन बत्ति बालेर चलिरहेका छन्।
दिनभर हुस्सु लागे पनि चिसो कम नै छ। आज झापाको तापक्रम १८ देखि १९ डिग्री सेल्सियस रहेने पूर्वानुमान गरिएको छ। दिनभर धुलोको कण मिलिएको शीत परिरहेको छ।
सवारी साधन र कपडामा धुलोसहितको शीत टाँसिरहेको घर बाहिर निस्किएका स्थानीयले बताएका छन्।
एक्कसी दिनभर हुस्सु लागेपछि चिसो बढ्ने त्रासले मानिसमा बढेको छ। चिसो बढेसँगै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७