नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख ४३ हजार ९ सय ८१ गरेको जनाएको छ।
निगम सञ्चालक समितिको ३९औं वार्षिक साधारणसभामा लेखा परीक्षण भएका वित्तिय विवरण सार्वजनिक गर्दै निगमले उक्त जानकारी दिएको हो।
निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६–७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।
निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पु-याउने उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री विमला विक, सचिव डा अर्याल, शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवादसमेत ज्ञापन गरेको छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७