हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सवारी साधन कर्जासम्बन्धि सम्झौता भएको छ।
पौष २८ गते मंगलबारबाट लागु हुने गरी आज सम्झौता भएको हो। सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी कर्जा पाउने छन्।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७