झापाको बिर्तामोडमा नेपाली कांग्रेसले निकालेको विरोध जुलुशमा प्रहरीले धरपकड गरेको छ। आफ्ना कार्यकर्ताहरूलाई प्रहरीले लछारपछार गर्दै धरपकड गरेको कांग्रेसले जनाएको छ।
यसअघि ओली सरकारको सर्वसत्तावाद विरुद्ध सडक संघर्षमा होमिएको कांग्रेसले शनिबार झापाका ११ पालिकामा विरोध प्रदर्शन गरेको थियो।
झापाको हल्दिबारी गाउँपालिकाको खर्साङचोक र बाह्रदशी गाउँपालिकाको गाउँपालिका प्राङ्गणमा कांग्रेसले सिठ्ठी जुलुस निकालेको थियो।
बिर्तामोड नगरपालिकाको मुक्तिचोक र बुद्धशान्ति गाउँपालिकाको बुधबारे चोकमा साँझ राँके जुलुस निकालेको थियो।
मेचीनगर नगरपालिकाको इटाभट्टाको विरोध प्रदर्शन सकिएको छ।
त्यहाँको सभामा संविधानसभा सदस्य उशा गुरुङ, झापा कांग्रेस उपसभापति राम कट्टेल , कोषाध्यक्ष केशव पाण्डे, क्षेत्रीय सभापति मणि उप्रेती , मेचीनगर सभापति इन्द्र बुढाथोकी, उपसभापति सुरेन्द्र बुढाथोकी लगायतले मन्तव्य व्यक्त्त गरेका थिए।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७