post-slider post-slider

सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

Image
A A

काठमाडौँ- रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

बिहीबार बिहान राति सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।

क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४-४ गोलको बराबरी भएको थियो।

निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो।

यस खेलमा रियल म्याड्रिडका लागि रोड्रिगोले र म्यानचेस्टर सिटीका लागि केभिन डिब्रुएनाले गोल गरेका थिए। 

खेल सुरू भएको १२ औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।

आफ्नो घरेलु मैदानमा सिटीलाई खेलमा फर्किन भने ७६ मिनेट कुर्नुपरेको थियो। ७६ मिनेटमा डिब्रुएनाले गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

तर, ९० मिनेटसम्म खेलमा नतिजा निस्किएन। थपिएको ३० मिनेटमा पनि नतिजा ननिस्किएपछि पेनाल्टी सुटआउट भएको थियो।

सिटीको पेनाल्टी सुटआउटमा बेर्नार्डो सिल्भा र माटेओ कोभाकिकले पेनाल्टी मिस गरेका थिए।

अब रियल म्याड्रिडले सेमिफाइनलमा भने बायर्न म्युनिखको सामना गर्ने छ।

बायर्न म्युनिखले आर्सनललाई क्वाटरफाइनलको दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा ३-२ को नतिजासहित सेमिफाइनलमा पुगेको छ।

यसअघि पहिलो लिगमा दुवै टिम २-२ को बराबरी खेलेका थिए।

Tags: