post-slider post-slider

आज सुनचाँदीको मूल्य कति पुग्यो?

Image
A A

काठमाडौं - नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ।

त्यस्तै, तेजावी सुन तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो।

Tags: