post-slider post-slider

बाँकेमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

Image
A A

बाँके, चैत १३- बाँकेमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका-१४ पार्वतीपुरस्थित होम पाइप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका-४ घर भएका २२ वर्षीय अनिल विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

विकले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमती २१ वर्षीया सुशीला सुनारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Tags: