post-slider post-slider

पञ्जाब किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी

Image
A A

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा लखनउले पञ्जाब किंग्सलाई २१ रनले पराजति गरेको हो।

लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।

पञ्जाबका लागि कप्तान शिखर धवनले सर्बाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए।

त्यस्तै, लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका लागि क्वेंटन डिककले सर्बाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए।

त्यसैगरी, पञ्जाबका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागिसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए।

यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जाबले तेस्रो खेलमा दोस्रो हार व्यहोरेको छ।

Tags: