post-slider post-slider

अध्यागमन विभागमा कोषहरि निरौलाको सरुवा

Image
A A

काठमाडौं, चैत ६ - अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाको सरुवा भएको छ।

गृह मन्त्रालयले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो।

यसअघिका महानिर्देशक रुद्रसिंह तामाङविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि विभाग प्रमुखविहीन थियो।

मन्त्रायले संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी फेरेको छ।

संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्य प्रमुख जिल्ला अधिकारी भएर गएका छन्।

Tags: