post-slider post-slider

विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, भन्सार एजेन्ट शरनकुमार खरेल र देव इन्टरनेसन प्रालिका सञ्चालक शेरबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूसँग ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो, जरिवाना र जेल सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

देव इन्टरनेसनल प्रालिले चीनबाट आयात गरेको सामान जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण र गुणस्तर फरक पारेर उनीहरूले भन्सार चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उक्त कम्पनीले २०७९ सालमा चीनबाट सामान ल्याएको थियो। भन्सार प्रमुख, अधिकृत, एजेन्ट र कम्पनीका सञ्चालकले जाँचपासमा कागजात मिलाएर राजश्व चुहावट गरेको आरोपमा अर्थ मन्त्रालयले समेत छानबिन गरेको थियो।

Tags: