post-slider post-slider

नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई समर्थन नरहेको पत्र

Image

धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफूहरूको समर्थन नरहेको बताएका छन्।

प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउँदै नाउपाका पाँच सांसदले सोडारीलाई आफूहरूको समर्थन नरहेको जानकारी गराएका हुन्। 

पत्रमा उनीहरूले सोडारीले मुख्यमन्त्रीमा दावी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन्। 

पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन्।

पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। 

उनीहरू पाँचै जना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन्। नाउपाभित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।

सुदूरपश्चिम प्रदेशमा नाउपाका सात जना सांसद छन्।

Tags: