post-slider post-slider

सहकारी ठगी प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

Image
A A

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् 

सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन्।

उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफूमाथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन्।
 
 
 

Tags: