post-slider post-slider

एमाले अध्यक्ष ओली अस्वस्थ

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन्। उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रुघाखोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन्।

अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन्। प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ।

प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिँदैछ।

Tags: