post-slider post-slider

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

Image
A A

काठमाडौं- आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एक दिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ।

तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो।

आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुँदै १३६ रन बनाएको थियो।

नेपालका लागि शाहाब आलमले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए।

त्यसैगरी, आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए।

यसअघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिङ गर्दै १५७ रन मात्र बनाएको थियो। आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो। 

आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए। 

त्यसैगरी, नेपाली बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए भने शाहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए।  रिजन ढकालले एक विकेट लिएका थिए।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ। अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ। 
    

Tags: