post-slider post-slider

गुजरातमाथि नेपाल ८ विकेटले विजयी

Image
A A

काठमाडौं- नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो।

गुजरातले दिएको ९९ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि अनिल शाहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अल आउट हुदै ९८ रन बनाएको थियो।

गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए।

त्यसैगरी, नेपाली बलर गुलशन झाले सर्बाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिएका थिए।

अब नेपालले अर्को खेल अप्रिल २ मा बरोडासँग खेल्ने छ भने अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ। त्यस्तै, शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।

Tags: