post-slider post-slider

किन कांग्रेससँगको गठबन्धन तोड्यो माओवादीले?

Image
A A

काठमाडौं, फागुन २१ - नेकपा माओवादी केन्द्रले बामपन्थी ध्रुवीकरण गर्न नयाँ गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले नेपालको राजनीतिलाई कोर्स करेक्सन गरेर बामपन्थी ध्रुवीकरणतर्फ लैजान नयाँ गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालेको माओवादी सचिव सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बामपन्थी एकता जनताको चाहना रहेकाले बामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको उनले बताए।

उनले मन्त्रीमण्डल हेरफेर गर्न कांग्रेसले असहयोग गरेको बताए। कांग्रेसका कारण सरकार सञ्चालन गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेकाले नै नयाँ गठबन्धन बनाउनुपरेको उनको भनाइ छ।

सचिव पौडेलले प्रदेशको नेतृत्व आलोपालोका आधारमा सञ्चालन गरिने बताए।

उनले राष्ट्रियसभाको अध्यक्षको विषयमा पनि नयाँ ढंगले छलफल हुने बताए। उनले पुरानो गठबन्धनको विषयमा पनि बैठकमा गम्भीर छलफल भएको बताए।

पौडेलले नेकपा (एमाले)सहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उल्लेख गरे।

Tags: