.png)

डिपेन्डेन्ट भिसामा कोरिया लैजान्छु भन्दै ठग्दै

काठमाडौं - डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरियालगायतका देशमा लैजान्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
रामेछाप दोरम्बा गाउँपालिका-६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने ३५ वर्षीय साजन मगर भनिने होमबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-३ बाँसबारीबाट पक्राउ गरेको हो।
मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी दुई जना युवतीबाट २१ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ। रकम खातामा जम्मा गर्न लगाएपछि उनी सम्पर्कविहीन भएपछि युवतीहरू प्रहरिमा पुगेका थिए।
मगरलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।