post-slider post-slider

माओवादीले छोड्यो कोशी सरकार, मुख्यमन्त्री कार्की परे अल्पमतमा

Image
A A

विराटनगर- नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ।  

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ।

कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्। 

माओवादीले सरकार छाडेसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन्। केन्द्रमा माओवादी-एमाले गठबन्धन बनेसँगै अब कोशीमा नयाँ सरकार बन्ने भएको छ। 

कोशीमा नेकपा एमाले नेतृत्वमा सरकार बनाउने गठबन्धनको तयारी छ। 

यसैबीच, माओवादी केन्द्रबाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन्।

राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन्।

कांग्रेसका केदार कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई ढाल्ने रणनीति अनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो।  

Tags: