post-slider post-slider

दाङमा मापसे गरेका चालकले पुलबाट खसाले कार

Image
A A

दाङ, फागुन २९ - दाङमा मापसे गरेका व्यक्तिले पुलबाट कार खसाएका छन्।

दाङको घोराहीस्थित कटुवाखोलाको पुलबाट कार उडेझैं पुलबाट तल खसेको हो।

सोमबार राति साढे ९ बजेतिर कटुवाखोलामा कार खसेको प्रहरीले बताएको छ।

कार खस्दा चालक ललितपुर महानगरपालिका १५ का ४२ वर्षीय उज्ज्वल केसी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मापसे गरेर गाडी चलाउँदा भयानक दुर्घटना भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घाइते केसीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ।

 

Tags: