post-slider post-slider

विप्लवले जुम्लामा सामूहिक स्याउ खेती गर्ने

Image
A A

जुम्ला :सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन्। 

महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि  हिम गाउँपालिका–६ स्थित पाथरखोलामा विरुवा रोप्ने कार्यक्रम सुरुआत गर्ने उक्त पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए। पार्टीको निर्णयअनुसार सामूहिक च्याउखेती सुरु गर्न लागिएको जनाइएको छ।

कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउ खेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ। नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने बताएको छ।

पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए। 

Tags: