post-slider post-slider

मधेस प्रदेस सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Image
A A

काठमाडौं- मधेस प्रदेस सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।

दिउँसो ३ बजे बस्ने प्रदेससभा बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो।

बैठकमा प्रदेस प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेससभा सचिवालयले जनाएको छ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयमा जोड दिइएको बताइएको छ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलोपटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो।

 

Tags: