post-slider post-slider

माओवादी नेता कालीबहादुर खाम पक्राउ

Image
A A

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्।

एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ।

माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए। यो घटना २०६५ मा भएको थियो।   

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर खाम माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्।

२०६५ जेठ १२ गते चितवनको साबिक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो। २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए।

Tags: