post-slider post-slider

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

Image
A A

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। 

बुधबार बिहान राति रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन्। 

रियल म्याड्रिडका लागि रोड्रिगो र फेदेरिको भल्भेर्डेले एक-एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल उपहार दिएका थिए। 

त्यसैगरी, म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले गोल गरेका थिए। 

पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ।  अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ।

उता, अर्को खेलमा आर्सनल र बायर्न म्युनिख पनि २-२ गोलको बराबरीमा रोकिएका छन्। 

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले गोल गरेका थिए।  त्यस्तै, आर्सनलका लागि बुकायो साका र लिन्द्रो ट्रोसार्डले गोल गरेका थिए। 

अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ।

Tags: