post-slider post-slider

कोसी प्रदेस : माओवादीले लियो समर्थन फिर्ता, मुख्यमन्त्री कार्की अल्पमतमा

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमन्त्री हिक्कमतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेका हो।

माओवादी संसदीय दलको मंगलबार बसेको बैठकले समर्थन फिर्ताका साथै पार्टीका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ।

यसअघि सरकारमा सहभागी एकमात्र प्रदेससभा सदस्य रहेको जसपाले समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

केन्द्रमा भएको गठबन्धनअनुसार जसपाले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्र पनि दबाबमा परेको थियो।

९ पुसमा एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।

सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपनि माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेकाले कोसी प्रदेसमा एमाले नेतृत्वकै सरकार कायम रहेको थियो।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक प्रदेसभा सदस्यको समर्थन थियो।

माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहनेछ।

९३ संसदीय प्रदेससभामा सरकार बनाउन ४७ सदस्यको समर्थन जरूरी हुन्छ। तर, राप्रपाको मात्रै समर्थन पाउने भएपछि आफ्नो दल एमालेका ४० र राप्रपाका ६ गरी कार्कीसँग ४६ प्रदेस सांसद देखिएका छन्।

अब कांग्रेसका २९, माओवादीका १३ एकीकृत समाजवादीका ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन्।

सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: