post-slider post-slider

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

Image
A A

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए।

यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ।

त्यसैगरी टोटनहामको भने ३४ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
 

Tags: