post-slider post-slider

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

Image
A A

काठमाडौं- म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ।

गएराति सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो।

अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो।

अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ। आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन्।

Tags: