post-slider post-slider

इलाम-२ मा डम्बर खड्काको अग्रता, पछ्याउँदै सुहाङ

Image

इलाम- इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ। प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ।

जसमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन्। खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन्।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।
 

Tags: