post-slider post-slider

सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट

Image
A A

काठमाडौं- सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान राति कमलामाई नगरपालिका-४ खट्टारमा रहेको एनसेलको टावरमा विस्फोट गराइएको हो।

राति करिब पौने ३ बजेतिर त्यहाँ विस्फोटको आवाज आएपछि प्रहरी पुगेको थियो।

घटनास्थलमा पुगेर हेर्दा एनसेलको टावर परिसरको उत्तरतर्फको जाली काटेर मानिस पसेको पाइएको छ।

विस्फोटबाट टावरको बक्समा क्षति पुगेको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले बताए।

टावर परिसरभित्र र बाहिर ‘पिपुल लिबरेसन आर्मी’ जनमुक्ति सेना लेखिएको १५ थान पर्चा र पम्प्लेट फेला परेको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।  

Tags: