post-slider post-slider

दुबईबाट आएका भारतीय नागरिक ८५५ ग्राम सुनसहित पक्राउ

Image
A A

काठमाडौं, फागुन ८ - त्रिभुवन विमानस्थलबाट प्रहरीले ८५५ ग्राम सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३५ वर्षीय सरिफ अहमद अब्दुल गफुर रहेका छन्। उनलाई सोमबार राति पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।  

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गरिएको थियो।  

चेकजाँचको क्रममा लुकाएर ल्याइएको सुनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।

 

Tags: