post-slider post-slider

इलाममा सुहाङलाई २६१८ मतको अग्रता

Image
A A

काठमाडौं- इलाम निर्वाचन क्षेत्र नम्बर २ उपनिर्वाचनको ताजा मतपरिणाम आएको छ।

निर्वाचन आयोगका अनुसार सोमबार बिहानको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिइरहेका छन्।

उनले २ हजार ६१८ मतको अग्रता लिएका छन्। उनले ८ हजार ८९८ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मत पाएका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु रहेका छन्। उनले ४ हजार ६३४ मत ल्याएङ्का छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने धेरै मतले पछाडि छोडिएका छन्। उनले हालसम्म १ हजार ३०५ मत मात्रै ल्याएको आयोगले जनाएको छ।

इलाम-२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा नेम्वाङकै कान्छा छोरा सुहाङलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो।

Tags: