post-slider post-slider

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

Image
A A

काठमाडौं- सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५२ जना घाइते रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले बताए।

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका-१ का १७ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र नाम नखुलेका करिब १८ वर्षीय एक युवक रहेको भट्टराईले बताए। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

त्रिपुरा-सुन्दरी गाउँपालिका-५ धारवतीमा शुक्रबार बिहान इमावतीबाट पिस्कर आउँदै गरेको बा४ख ५६१६ नम्बरको बस आफैं अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए। दुर्घटनामा चालकसहित सात जना गम्भीर घाइते रहेका छन्। उनीहरूको सिन्धु सदाबहार लामोसाँघु अस्पतालमा उपचार भइरहेको छ।

बाँकी ४५ जना घाइतेको स्थानी मेडिकलमा उपचार भइरहेको छ।

Tags: