post-slider post-slider

भारतको नैनीतालमा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु

Image
A A

काठमाडौं- भारतको उत्तराखण्ड नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एउटा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ।

भारतीय मिडियाहरूले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्।

दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ। गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन्।

प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा उद्धार कार्य सुरू गरेको प्रहरीलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ।

गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ। उक्त क्षेत्रमा खानेपानीको लाइन विछ्याउने काम सकेर सबैजना फर्कंदै गर्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ।

Tags: