post-slider post-slider

एमाले उपाध्यक्ष पौडेलको दाबीः अब यो गठबन्धन दुर्घटनामा पर्दैन

Image
A A

एमाले उपाध्यक्ष विष्णु पौडेलले  नयाँ सत्ता गठबन्धन कुनै लेनदेन र स्वार्थको गठबन्धन नभएको बताएका छन्।

बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै पौडेलले संविधानसम्मत सहयात्रा आफूहरुले गरेको उल्लेख गरे। साथै अब यो गठबन्धन दुर्घटनामा नपर्ने पनि दाबी गरे। 

'इतिहास कहिल्यै पनि सेलरोटी जिस्तो घुम्दैन । यो स्प्रिङ जस्तो हुन्छ । हिजो जे भयो अहिले फेरि पनि त्यही होला भन्ने नसोच्नुहोला', पौडेलले कांग्रेसप्रति लक्षित गर्दै भने,' यो स्वार्थको कुनै लेनदेनको सहकार्य होइन। जनताका आकांक्षा पूरा गर्ने सहयात्रा हो। यो विगतका यथेष्ट अनुभवबाट बनेको हो। यो दुर्घटना हुँदैन।'

उनले सरकारलाई संविधानको रक्षा, कार्यान्वयन, राष्ट्रहितको पक्षमा एमाले लाग्ने उनले बताए । त्यही अनुसार अहिलेका समस्या समाधान गर्न सरकारलाई सहयोग गर्ने बताए ।

नयाँ प्रकारको सहयात्रा आरम्भ भएकोले यो सफलता साथ अघि बढ्ने उनले बताए ।

Tags: