post-slider post-slider

आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, तराईमा हस्सु

Image
A A

काठमाडौँ - नेपालमा पश्चिमी वायुको प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। यसका अतिरिक्त देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। 

Tags: