post-slider post-slider

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुईतिर!

Image
A A

धनगढी- सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्।

मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहीबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए। उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति नै सपथ ग्रहण गराएका थिए।

नाउपाका सात सांसदमध्ये अध्यक्ष रन्जिता श्रेष्ठ पक्षमा कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन्। दुबैलाई मन्त्रीमा नियुक्त गर्ने सहमति भए पनि बिहीबार कैलाशले मात्र मन्त्री पदको सपथ लिएका छन् तर टीका थापाले भने मन्त्री बन्न अस्वीकार गरेकी छन्। 

आन्तरिक रुपमा रोजेको मन्त्रालय नपाएको बताइए पनि सामाजिक सञ्जालमा भने टिका थापाले आफूलाई बिना विभागीय मन्त्रीको सपथ खान भनिएको र कुनै मन्त्रालय फुटाएर मन्त्रालय तोकिने भनेपछि आफूले मन्त्रीको सपथ खान अस्वीकार गरको बताएकी छन्। 

मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा सपथ नलिएर बाहिरिएकी थिइन्।

अर्कोतर्फ कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए सपथ नलिने अडान लिएपछि राति सपथ गराइएको थियो। मन्त्री नबनेपछि आक्रामक हुँदै सांसद थापाले आफू सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन समेत नगर्ने सामाजिक सञ्जालमा लेखेकी छन्।

सत्ताको भागबन्डामा सात सांसदसमेत दुई समूहमा रहेको नाउपा सुदूरपश्चिमका सांसद अब रन्जिता पक्षका दुई सांसद दुईतिर पुगेका छन्। 

Tags: