post-slider post-slider

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

Image
A A

काठमाडौं- आइतबार नेप्से दोहोरो अंकले बढेको छ।  नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो। 

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ।

आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए।

आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन्। 

आज दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मूल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको थियो। 

त्यसैगरी आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको सेयर कारोबार भएको थियो। 

Tags: