post-slider post-slider

सिटिजन्स बैंक विराटनगरका कर्मचारीले गरे होटलमा झुन्डिएर आत्महत्या

Image
A A

विराटनगर, चैत ६ - सिटिजन्स बैंक विराटनगरमा कार्यरत् एक कर्मचारी मृत फेला परेका छन्।

३९ वर्षीय क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान मृत फेला परेका हुन्।

रोयल किचन होटलको १०९ नम्बर कोठाभित्र घिमिरे झुन्डिएको अवस्थामा फेला परेका हुन्।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घिमिरे सोमबार बेलुकाबाट हराएका थिए। परिवारले प्रहरीलाई खबर गरेको थियो। उनी अस्थायी रुपमा विराटनगरमा बस्दै आएको र सिटिजन्स बैंकको सहायकस्तरको कर्मचारी रहेको दाहालले बताए।

प्रहरीले खोजी गर्ने सिलसिलामा बिहान ८ बजेतिर झुन्डिएको अवस्थामा घिमिरेलाई फेला परेको थियो।

उनको शव उठाएर प्रहरीले पोष्टमार्टमका लागि कोसी अस्पतालमा लगेको छ। घटनाबारे अनुसन्धान जारी रहेको दाहालले बताए।

Tags: